लुम्बिनी सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनी सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा गरेको छ। 

पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री लीला गिरीले सय दिने उपलब्धि सार्वजनिक गरेको छन्।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले रणनैतिक उपलब्धि हासिल गर्न सफल भएको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले दाबी गरे।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको जानकारी गराइएको छ। यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनका लागि महत्त्वपूर्ण कार्य भएको छ। राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माण प्रारम्भ भएको छ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानी सहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस