विश्वासको मत लिन गण्डकी प्रदेश सभाको बैठक सुरु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

विश्वासको मत लिन गण्डकी प्रदेश सभाको बैठक सुरु


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक सुरु भएको छ ।

शनिबार दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् ।

उनले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाएका छन् ।

‘पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलापले हाम्रो सार्वजनिक संपरीक्षण गरिरहेको त छैन ? जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्दैन ?’ उनले प्रश्न गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस