निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्ने प्रधानमन्त्रीको दाबी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्ने प्रधानमन्त्रीको दाबी 


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।

बारामा आयोजित सत्ता गठबन्धन दलहरूको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन । विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने प्रधानमन्त्रीले दाबी गरे । 

यसैगरी प्रचण्डले नागरिकताको समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने पनि बताएका छन् । नागरिकता समस्या मधेसको मात्र समस्या नभई देशकै समस्या भएको भन्दै दीर्घकालीन रूपमा यसको समाधान गरिने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस