सुब्बासहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुब्बासहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायब सुब्बा पण्डित र भू-सेवा केन्द्र जलेश्वरका कार्यरत कर्णविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सुब्बा पण्डितले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । उनले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग नौ हजार घुस लिएर लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस