बाँकेमा करिब पाँच किलो सुनसहित दुई जना पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाँकेमा करिब पाँच किलो सुनसहित दुई जना पक्राउ


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपालगन्जबाट प्रहरीले करिब ५ किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए  । 

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस