नेपालगन्जको त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपालगन्जको त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाइने


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपालगन्जको त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाइने भएको छ । स्थानीय परिकारलाई चिनाउन त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाइने भएको हो ।

स्थानीय परिकारलाई एकै ठाउँबाट बिक्री गर्ने वातावरण मिलाउन त्रिभुवन चोक क्षेत्रलाई ‘स्ट्रिट फुड’ अर्थात् ‘फुड लेन नेपालगन्ज’ बनाउने प्रक्रिया अगाडि बढाइएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले जनाएको छ ।

एसोसिएसनका अनुसार त्रिभुवन चोक क्षेत्रलाई फुड लेन बनाउन नेपालगन्ज उपमहानगरपालिका र सरोकारवाला निकाय सहमत भइसकेका छन् ।

नेपालगन्जको त्रिभुवन चोक पुरानो र नाम चलेको उक्त बजार क्षेत्रमा नेपालगन्जको पहिचान झल्किने पानीपुरी, चाट, राबडी, घमन्जा, बिर्यानी, पान, दहीबडाजस्ता परिकार खान पाइन्छ।

परिकारलाई व्यवस्थित रूपमा एकै ठाउँमा राख्दा यसको ब्रान्डिङ हुने र नेपालगन्जको आर्थिक अवस्था माथि उठाउन मद्दत मिल्ने विश्वास लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस