उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट कुनै पनि खाले प्रचारप्रसार गर्न पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । चुनावी प्रयोजनका लागि भोलिबाट कुनै पनि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज अन्तिम चुनावी सभा आयोजना गर्दैछन् ।

वैशाख १० गते आइतबार चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस