नवनिर्वाचित स्ववियुलाई प्रशिक्षण दिने त्रिविको तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवनिर्वाचित स्ववियुलाई प्रशिक्षण दिने त्रिविको तयारी 


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नव निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिने भएको छ । 

सम्बन्धित क्याम्पसले नै उनीहरूलाई ऐन, कानुन लगायतका विषयमा जानकारी गराउने त्रिविले जनाएको छ । 

उनीहरूको अन्यौलता चिर्न र सही तरिकाले काम गर्न भन्दै प्रशिक्षण दिन लागिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । 

त्रिवि स्ववियु निर्वाचन सम्बन्धमा त्रिवि शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा ८२ देखि ८४ सम्ममा उल्लेख छन् । त्यसका विषयमा स्ववियुलाई जानकारी गराउन लागिएको हो ।  ।

Tags :
प्रतिक्रिया दिनुहोस