बडीकेदार गाउँपालिकामा तालाबन्दी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बडीकेदार गाउँपालिकामा तालाबन्दी


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । 

करिब दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेको हो ।

गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा सो पार्टीले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै बुधबार अनिश्चितकालीन तालाबन्दी गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस