गोविन्दलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछु : प्रधाननमन्त्री « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गोविन्दलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछु : प्रधाननमन्त्री


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आस्वासन दिएका छन् ।

बुधबार तनहुँमा आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा प्रचण्डले निर्वाचित भएपछि भट्टराईलाई मन्त्री बनाउने दाबी गरे ।

“अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र समृद्धितर्फ लैजाने हामीले नै हो,” प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।”

कांग्रेस सभापति शेरबहादुर देउवाको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । प्रचण्ड अघि बोलेका देउवाले भट्टराईलाई मन्त्री बनाउने बताएका थिए ।

गोविन्द भट्टराई तनुहँ-१ बाट गठबन्धनका साझा उमेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस