बोर्डले थाल्यो म्यानमार–भैरहवा सिधा उडानका पहल « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बोर्डले थाल्यो म्यानमार–भैरहवा सिधा उडानका पहल


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डले म्यानमारबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल थालेको छ ।

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो । म्यानमार बौद्ध धर्मावलम्बी भएको देश हो । म्यानमारबाट सिधा उडान गर्न सके पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ ।

यसका लागि बोर्डले मङ्गलवार नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेसलन एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरीय छलफल गरेको जनाइएको छ ।

छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडान भए आवश्यक सहयोगका लागि तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस