सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइ आज हुँदै छ । मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ ।

यसअघि चैत २६ न्यायाधीश सङ्करराज बराल इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश दिएको थियो । यसअघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस