राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् ।

बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच सम्झौता हुने बताए । उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए । उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको बताए ।

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस