सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता


६ बैशाख २०८०, बुधबार


किमाथाङ्का । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस