सरकारले गर्‍यो जग्गा कित्ताकाट खुला गर्ने निर्णय « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सरकारले गर्‍यो जग्गा कित्ताकाट खुला गर्ने निर्णय


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । लामो समयदेखि रोकिएको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय हो ।

भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस