नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञसभा सम्पन्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञसभा सम्पन्न


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञसभा सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ओैँ प्राज्ञसभा सम्पन्न भएको हो ।

प्राज्ञसभाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका हुन् । सो सभामा बोल्दै मन्त्री किरातीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिए ।

यसैगरी उद्घाटन सत्रका सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी, संस्कृतिको प्राज्ञिक खोज-अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताए ।

भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले स्रष्टाहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस