बारामा चुनावी सभा गर्दै सत्ता गठबन्धन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बारामा चुनावी सभा गर्दै सत्ता गठबन्धन


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले चुनावी सभा आयोजना गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा-२ मा वैशाख ७ गते चुनावी सभा गर्न लागेको हो । 

चुनावी सभामा गठबन्धनका दलका शीर्ष नेताहरू नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस