वैशाख ७ गतेको सूर्यग्रहण बार्न नपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैशाख ७ गतेको सूर्यग्रहण बार्न नपर्ने


४ बैशाख २०८०, सोमबार


काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्य ग्रहणको दोष नलाग्ने जनाएको छ ।

नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने भएको हो । 

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्य ग्रहणको दोष नेपालीलाई लाग्दैन।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस