प्राधिकरणले काट्यो सोनापुर सिमेन्ट उद्योगको विद्युत्  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्राधिकरणले काट्यो सोनापुर सिमेन्ट उद्योगको विद्युत् 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दाङको सोनापुर सिमेन्ट उद्योगको विद्युत् कटौती गरेको छ । महसुल नतिरेपछि गत बुधबारदेखि उक्त उद्योगमा विद्युत् कटौती गरेको हो । 

सोनाश्री (पिपिसी) र सोना (ओपिसी) ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड नामको उद्योगले साउन ०७७ यता नियमित महसुल नै पूर्ण रूपमा भुक्तानी गरेको छैन । 

पटक–पटक ताकेता गर्दासमेत कम्पनीले महसुल भुक्तानी नगरेपछि विद्युत् काटिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार कम्पनीले कुल ७४ करोड ५९ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस