आज बस्ने भनिएको तीन दलका शीर्ष नेताको बैठक स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज बस्ने भनिएको तीन दलका शीर्ष नेताको बैठक स्थगित


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आज बस्ने भनिएको बैठक स्थगन गरिएको हो ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो ।

तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस