‘मेयरले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘मेयरले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन’


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारभित्रको फोहोर नउठाएर काठमाडौँ महानगरपालिकाले जनस्वास्थ्यमा खेलबाड गरेको बताएकी छन् । 

बिहीबार उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु ठिक नभएको तर्क गरिन् ।

उनले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हडतालको विषय बनाइएको बताइन्। महानगरपालिकाका मेयरले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नपाइनेसमेत मन्त्री शर्माले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस