संस्थापनइतर पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिन निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

संस्थापनइतर पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिन निर्णय


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस शेखर कोइराला र गगन कुमार थापा पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउँने भएको छ ।

बिहिकार बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा बसेको संस्थापनइतर समूहले तिन मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि अब भने मन्त्रीहरूको लिस्ट पठाउने निर्णय गरेको छ ।

काँग्रेसले ८ मन्त्रालय पाएको छ जसमा काँग्रेसले ४ जनालाई मन्त्री बनाइसके पनि कोइराला पक्षसँग कुरा नमिल्दा बाँकि मन्त्री पठाएको थिएन ।

यस भन्दा अगाडि काँग्रेसले पठाएका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योग मन्त्री र सीता गुरुङ सहरी विकास मन्त्री बनेका थिए।

संस्थापनइतर समूह शेखर-गगन पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री हुनेछन्। उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाईँ, मैना रावललगायत मन्त्रीका लागि आकाङ्क्षी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस