नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहका सन्देश शर्मा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहका सन्देश शर्मा पक्राउ


२९ चैत्र २०७९, बुधबार


पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङका ३४ वर्षीय सन्देश शर्मा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।

प्रहरीले यसअघि गिरोहका अन्य चार सदस्यलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र मोरङको पत्थरी शनिश्चरेका सागर राई रहेका छन् । पक्राउ परेका विरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस