उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार दिँदै मैवाखोला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार दिँदै मैवाखोला


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले छनौट समितिले उत्कृष्ट ठहराएको लोगोको निर्माणकर्तालाई प्रोत्साहन स्वरूप ७० हजार रुपैयाँ (कर सहित) उपलब्ध गराउने भएको छ ।

पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने निर्णय गरेसँगै इच्छुकहरूलाई ४ वटा सर्त सहित लोगो निर्माणको विद्युतीय प्रति बुझाउन २०८० साल वैशाख ९ गते सम्मको समय सीमा दिइएको छ।  

लोगोमा नेपालको झन्डा र गाउँपालिकाको नाम उल्लेख हुनुपर्ने, मैवाखोला गाउँपालिकाको विशेषता झल्कने गरी पालिकाको नक्सा, लालीगुराँस, सिन्धोलुङ झरना, वन क्षेत्र, अलैँची, फागो माङ्गेना यक र रेडपाण्डाको नक्सा समावेश हुनुपर्ने सर्त राखिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस