उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारण सभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो ।

मंगलबारबाट सुरु भएको साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज निर्वाचन हुनेछ ।

उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस