शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिखरले गर्‍यो नयाँ अभ्यासको सुरुवात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिखरले गर्‍यो नयाँ अभ्यासको सुरुवात


२८ चैत्र २०७९, मंगलबार


डोटी । डोटीको शिखर नगरपालिकाले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नयाँ अभ्यासको सुरुवात गरेको छ । 

विद्यालयको आधारभूत तहको वास्तविक शिक्षण सिकाइको गुणस्तर तथा सिकाई दर मापन गर्नको लागि नगरपालिकाले कक्षा ८ लाई माध्यामीक शिक्षा परीक्षा (एसइई)को प्रक्रिया जस्तै परीक्षा सञ्चालन गरी नतिजा मापन गरेको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । 

उनका अनुसार विद्यालयहरूमा शिक्षाको वास्तविक गुणस्तर जाँचसँगै आगामी दिनमा गुणस्तर अभिवृद्धि गर्न सहजता होस भन्ने हेतुले माध्यामीक शिक्षा परीक्षाको विधि जस्तै प्रक्रिया अपनाएर कक्षा ८ को परीक्षा सञ्चालन देखि नतिजा सार्वजनिक गरिएको हो । कक्षा ८ को परीक्षा सञ्चालन गर्दा प्रश्नपत्र निमार्ण, परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष परीक्षा निरीक्षक, सहायक निरीक्षण निर्धारण, उत्तर पुस्तिका निमार्ण देखि छुट्टै परीक्षण लगायतका सम्पूर्ण कार्य एसइई परीक्षा सञ्चालन विधि जस्तै सञ्चालन गरिएको समेत बताए । कक्षा ८ को परीक्षा यस्तो प्रक्रियाबाट सञ्चालन हुन्छ भने सम्पूर्ण बिद्यालयहरुलाई आर्थिक वर्षको सुरुवातमा नै जानकारी गराएको समेत शाखा प्रमुख कार्कीले बताए ।

पालिकाले नयाँ विधिको सुरुवात गर्दा सुरु सुरुमा धेरै विद्यालयका बिद्यार्थिहरु अनुत्तीर्ण हुने संख्या बढ्दो मात्रामा देखिए पनि पछिल्लो समयका लागि सहयोग पुग्ने समेत शाखा प्रमुख कार्कीले बताए।

नगरपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन गर्न शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पालिकाले नयाँ अभ्यासको सुरुवात गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । 

वैशाख महिनामा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरूको अध्ययन गर्ने, अभिभावकहरूसँग बृहत् भेला, शिक्षकहरूलाई अभिमुखीकरण लगाएका विभिन्न कार्यक्रमहरू शैक्षिक सत्रको सुरुवात देखि नै सञ्चालन गरिने कार्यक्रम रहेकोसमेत नगर प्रमुख बलायरले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस