वकिल हुँ भनेर ३१ लाख ठगेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वकिल हुँ भनेर ३१ लाख ठगेको आरोपमा एक जना पक्राउ


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । वकिल हुँ भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले एक नक्कली वकिललाई ठगी मुद्दामा पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका(१२ बस्ने ४९ वर्षीय मानबहादुर सिंह छन्। 

उनले आफूलाई भरतविक्रम, भक्तबहादुर र भरतबहादुर सिंह भनेर चिनाउने गरेका छन्।

अर्कै व्यक्तिको लाइसेन्स नम्बर समेत दुरुपयोग गरी बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाउने, मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोप उनीमाथि छ।

पटक-पटक गरी उनले ३१ लाख रकम ठगी गरेको खुलेको एसपी रिजालले बताए। 

उनीबाट विभिन्न चेक, कागजातहरू बरामद भएका छन्। 

घटनामाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

उनले अन्य व्यक्तिहरूलाई पनि ठगेको हुनुपर्ने प्रहरीको आशङ्का छ। उनीबाट कोही पीडित भए प्रहरीको सम्पर्कमा आउन परिसरले अनुरोध गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस