तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने मापदण्ड तय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने मापदण्ड तय


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने मापदण्ड पारित गरेको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी तथा चियामा जीवनाशक विषादीको अवशेषको अधिकतम मात्राको मापदण्ड तय गर्ने निर्णय गरेको हो ।  यो अन्तराष्ट्रिय मापदण्ड कोडेक्स एलिमेन्टेरियस कमिसनको मापदण्डमा आधारित रहेको छ । 

नेपाललगायत विश्वका ९५ प्रतिशत मुलुकहरू कोडेकको सदस्य रहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस