‘काँग्रेसले फेरि सरकारको नेतृत्व गर्छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘काँग्रेसले फेरि सरकारको नेतृत्व गर्छ’


२८ चैत्र २०७९, मंगलबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व लिने दाबी गरेका छन्।

सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन्। 

मङ्गलवार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक सङ्घको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे।

सभापति देउवाले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले संविधानअनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहोर्‍याए।

Tags :
प्रतिक्रिया दिनुहोस