नापी र मालपोत कार्यालय एकीकृत गर्ने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नापी र मालपोत कार्यालय एकीकृत गर्ने तयारी


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ।

भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुवै कार्यालय एकीकृत गरिने भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताए।

नापी विभागका कर्मचारीलाई आज सम्बोधन गर्दै उनले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने उनको भनाइ थियो।

ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्ने उनको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस