पर्यटन मन्त्रालयले फेरि सोध्यो नेपाल एयरलाइन्सलाई स्पष्टीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन मन्त्रालयले फेरि सोध्यो नेपाल एयरलाइन्सलाई स्पष्टीकरण


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ ।

नेपाल एयरलाइन्सको जहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपुर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनी मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

काठमाडौँ-दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको भन्दै पाइलटको व्यवस्था किन गर्न नसकिएको भनी सोधिएको छ । यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो भनी स्पष्ट पार्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस