सङ्घीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सङ्घीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता खारेज गर्नु पर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले नेपाली जनताले सङ्घीयताको खर्च धान्न नसक्ने भन्दै सङ्घीयता खारेज गर्नुपर्ने बताएका हुन् ।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूको असहमति रहेको उनले बताए ।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर न्यूनतम साझा कार्यक्रममा समेटेका विषयहरूमा आफ्नो पार्टीका असहमति रहेको बताउँदै हस्ताक्षर आएकोमा आपत्ति जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस