देशको आर्थिक गतिविधि गतिलो अवस्थामा छैन : उद्योगमन्त्री रिजाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

देशको आर्थिक गतिविधि गतिलो अवस्थामा छैन : उद्योगमन्त्री रिजाल


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरूको रहेको उनको भनाइ छ ।

‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरूको हो । तपाईँहरूको भूमिका महत्त्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ,’ उनले भने ।

मन्त्री रिजालले उद्योगी व्यवसायीहरूले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । ‘व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ ? कानुनलगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस