इंग्लिस प्रिमियर लिग : आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इंग्लिस प्रिमियर लिग : आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ।​

खेलको अन्त्यतिर रोबर्टो फर्मिन्होले गोल गरेपछि आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको हो । बराबरीसँगै शीर्ष स्थानमा आर्सनलको अग्रता ६ अङ्कमा सीमित बनेको छ ।

एनफिल्डमा आर्सनलले २८ मिनेटभित्र २ गोलको अग्रता बनाएका थिए । भने आठौं मिनेटमा ग्याब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए । ग्याब्रियल जिसुसले अग्रता दोब्बर बनाए । तर, पहिलो हाफ सकिन लाग्दा मोहमद शालाहले लिभरपुलका लागि १ गोल फर्काउन सफल भएका थिए ।

दोस्रो हाफमा लिभरपुलले पेनाल्टीमार्फत बराबरी गोल फर्काउन सफल भएका थिए । जीततर्फ बढिरहेको आर्सनललाई फर्मिन्होले खेलको ८७ औं मिनेटमा झट्का दिए । खेल २-२ को बराबरीमा सकियो । ३० खेलपछि आर्सनलको ७३ अङ्क रहेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित लिगको आठौं स्थानमा सीमित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस