इन्डियन प्रिमियर लिग : हैदराबादले पञ्जाव किङ्सलाई हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : हैदराबादले पञ्जाव किङ्सलाई हरायो


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सलाई हराउदै सनराइजर्स हैदरावादले पहिलो जित हात पार्न सफल भएको छ । 

आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले हराएको थियो । 

लगातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अङ्क जोडेको छ र आठौँ स्थानमा रहेको छ । पन्जाबको तीन खेलबाट ४ अङ्क छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।

घरेलु मैदान राजीव गान्धी स्टेडियममा हैदरवादले १४४ रनको लक्ष्य १७.१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

उसका लागि राहुल त्रिपाटीले अविजित रहँदै सर्वाधिक ७४ रन बनाएका थिए  । उनले ४८ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे ।

 यस्तै कप्तान अइडन मारक्रमले २१ बलमा ४ चौका प्रहार गर्दै अविजित ३७ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि अविजित १०० रनको साझेदारी गरे । ओपनर मयंक अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन बनाएका थिए।

पञ्जावका अर्शदिप सिंह र राहुल चाहारले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान शिखर धवनको अविजित ९९ रन मद्दतमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

१५ ओभरमा ८८ रन हुँदा ९ विकेट गुमाएको अवस्थामा धवनले सुझबुझ तरिकाले ब्याटिङ गरे । त्यसबेलासम्म ३८ बलमा ४७ रन मात्र बनाएका धवनले त्यसपछि अन्तिम पाँच ओभरको २८ बल खेल्दै ५२ रन थपे । उनले दशौं विकेटका लागि मोहित राथीसँग ५५ रनको साझेदारी गरे । जहाँ राथीले २ बल खेल्दै जम्मा एक रन मात्र योगदान गरे । यो बीचमा पञ्जावले दुई रन अतिरिक्तबाट पाएको थियो ।

धवनले ६६ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा टि नटराजनलाई छक्का प्रहार गर्दै उनले अविजित ९९ रन बनाए ।

हैदरवादलका लागि मायांक मार्कन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । यस्तै मार्को जनसेन र उमरान मलिकले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस