गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ । चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो ।

स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए ।

सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय र टोल बस्तीमा राष्ट्रियताका विषय तथा अन्य विशेष प्रकारका चलचित्र विद्यालय, कलेज तथा समुदायमा प्रदर्शन गरिएको हो । ‘चलचित्र हेर्ने संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

पहिलो चरणमा पूर्वका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमबाट पाएको प्रतिक्रियाले उत्साहित भएका थियौँ’, अधिकृत रैखोलाले भने । चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रूपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश प्रवाह गर्ने सशक्त माध्यम रहेको उनको भनाइ थियो । घुम्ती चलचित्रमा ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्नि दहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस