कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार « प्रशासन
Logo ३० चैत्र २०८०, शुक्रबार
   

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ ।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए ।

उनको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उनले जानकारी दिए । कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताए ।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरु गरिएको छ। दिनमा तीन/चार पटक हिँडाउन थालिएको र उनी अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिए ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।

उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस