पाँच सहसचिवको सरुवा, बराल र खत्री अर्थमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

पाँच सहसचिवको सरुवा, बराल र खत्री अर्थमा


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । पाँच जना सहसचिवको सरुवा गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भुपाल बराल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

त्यसै गरी अर्थका झक्क आचार्य पुनः श्रम मन्त्रालयमै फर्काइएको छ भने सुमन दाहाल राष्ट्रिय योजना आयोग पुगेका छन् ।

एक-डेढ महिनामै सरुवा गरिदा कतिपय ठाउँमा दरबन्दी नै रिक्त छैन भने निकै छोटो अवधिमा अदलबदल गरिदा अस्थिरसमेत बन्न पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस