एसइई परीक्षा दिने ५२ नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसइई परीक्षा दिने ५२ नक्कली परीक्षार्थी पक्राउ


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । एसइई परीक्षा दिने ५२ जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकाहरू नक्कली परीक्षार्थी भएको प्रहरीको दाबी छ। आज सामाजिक विषयको परीक्षा थियो। परीक्षा लेख्न आएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो। बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दाहालले बताए। ‘५२ जना शङ्कास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौँ,’उनले भने, ‘एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं।’

कुन-कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस