सर्वोच्चले माग्यो रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वोच्चले माग्यो रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण मागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो ।

अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए ।

त्यस्तै सर्वोच्चले सभापति लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा पेस गर्न आदेश दिएको छ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ भए पनि झिकाउन आदेश दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस