नेप्सेमा ८ अङ्कको वृद्धि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेप्सेमा ८ अङ्कको वृद्धि


२२ चैत्र २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.३९ अङ्कले वृद्धि भएर १८७५.०४ अङ्कमा बन्द भएको छ । गत बिहीबारयता लगातार चार दिन घटेको नेप्से पाँचौँ दिन बुधबार भने बढेको हो ।

बुधबार उत्पादनमूलक, व्यापार र निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

होटेल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । मङ्गलवार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बुधबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको कारोबार हुँदा नबिल बैंकको २ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा समान्य सुधार भए पनि कारोबार रकम घटेको बजारमा बुधबार २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्यमा स्थिर रहेको छ ।

बुधबार कारोबार भएको कम्पनीमा कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लक्ष्मी लघुवित्तको सेयर मूल्य ७.४१ प्रतिशत र समता घरेलु लघुवित्तको सेयर मूल्य ६.२२ प्रतिशतले वृद्धि भएको छ । यता न्यादी हाइड्रोपावरको सेयर मूल्य ४.५८ प्रतिशतले गिरावट हुँदा श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ३.२१ प्रतिशत र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य २.६० प्रतिशतले गिरावट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस