गठबन्धन पाँच वर्षसम्म रहन्छ : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन पाँच वर्षसम्म रहन्छ : माधव नेपाल


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्।

बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौँमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशङ्का कसै कसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्। उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।

उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशङ्का छ। यसको लामो आयु छैन। कसै कसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर तपाईँहरू ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ। यो पाँच वर्षसम्म कायम रहन्छ। त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ। मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढेन प्रतिबद्धता गरेका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस