स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुनेछ ।

सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । सदस्य सचिव डा. ज्ञवालीले एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् । यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोस्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ ।

यस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस