इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि पनि लेख्न मिल्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि पनि लेख्न मिल्ने


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अङ्क लेख्न मिल्ने व्यवस्था मात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मङ्गलवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस