भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुङ्ग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषमा दायर भएका मुद्दाहरूमा विभिन्न मितिमा फैसला भएकामध्ये गैर कानुनी लाभ तथा हानी सम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस