काठमाडौँ महानगरद्वारा ५१ जना कार्यालय सहयोगी माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँ महानगरद्वारा ५१ जना कार्यालय सहयोगी माग


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी (पिएन) माग गरेको छ ।

महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरू माग गरेको महानगरको सूचनामा उल्लेख छ ।

काठमाडौँ महानगरमा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ ।

१० कक्षा पास गरेका १८/३५ वर्षसम्मका पुरुष र १८/४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारले ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फत मात्र आवेदन दिनुपर्ने नियम महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस