नेप्सेमा १६ अङ्कको गिरावट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेप्सेमा १६ अङ्कको गिरावट


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजी बजारमा गिरावट देखिएको छ ।

आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर रू ९२ करोड दुई लाख ४९ हजारमा कारोबार भएको छ ।

आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ ।

आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटेल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस