गगन थापाको प्रश्न : बाहिर गएर काँग्रेसलाई ढुङ्गा हानेर काँग्रेस बदलिन्छ ? « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गगन थापाको प्रश्न : बाहिर गएर काँग्रेसलाई ढुङ्गा हानेर काँग्रेस बदलिन्छ ?


२० चैत्र २०७९, सोमबार


तनहुँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी बदल्न काँग्रेसमै रहनुपर्ने बताएका छन् ।

उपनिर्वाचनमा तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले बाहिरबाट ढुङ्गा हानेर काँग्रेस बदल्न नसकिने बताएका हुन् ।

उनले भने, ‘काँग्रेस बदल्न चाहन्छौँ, बाहिर गएर काँग्रेसलाई ढुङ्गा हानेर काँग्रेस बदलिन्छ ? काँग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो सङ्घर्ष गर्ने हो ।’

हालै काँग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ-१ मा नै उम्मेदवार बनेका छन् । उनीप्रति लक्षित गर्दै थापाले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ काँग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’

Tags :
प्रतिक्रिया दिनुहोस