सञ्चार माध्यम भजनमण्डली बन्नु हुँदैन : सञ्चारमन्त्री शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सञ्चार माध्यम भजनमण्डली बन्नु हुँदैन : सञ्चारमन्त्री शर्मा


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन् ।

सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छन् ।

उनले भनेकी छन्, ‘सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेका छन् । तिनीहरू भजनमण्डली हुनु हुँदैन भनेका छौँ,’ ‘भजनमण्डली हुनुहुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदा खेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’

सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको मन्त्री शर्माले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस