बारा-२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बारा-२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ 

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ । मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।

गत मंसिर ४ को निर्वाचनमा बारा-२ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

त्यस्तै, गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा-२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस